गृहपृष्ठ भारतमा कोरोना संक्रमितको संख्या ५२ लाख नाघ्यो
भारतमा कोरोना संक्रमितको संख्या ५२ लाख नाघ्यो
विश्वभर महामारीको रुपमा फैलिएको कोरोनाभाइरस संक्रमण भारतमा ५२ लाखभन्दा बढीमा देखिएको छ । हालसम्म संक्रमितको संख्या ५२ लाख १४ हजार ६७७ पुगेको भारतीय स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
बितेका २४ घण्टामा मात्रै कोरोनाभाइरसबाट थप एक हजार १७४ जनाले ज्यान गुमाएका छन् । यससँगै भारतमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ८४ हजार ४०४ पुगेको छ ।
भारतमा हालसम्म कोरोनाबाट निको भई घर फर्किनेको संख्या ४१ लाख १२ हजार ५५१ छ । त्यस्तै सक्रिय संक्रमितको संख्या १० लाख १७ हजार ७२२ छ भने ८ हजार ९४४ जनाको अवस्था चिन्ताजनक छ ।
सबैभन्दा बढी भाइरस फैलिएको महाराष्ट्रमा संक्रमितको संख्या ११ लाख ४५ हजार ८४० छ, जहाँ ३१ हजार ३५१ ले ज्यान गुमाएका छन् । हालसम्म महाराष्ट्रमा ८ लाख १२ हजार ३५४ जना डिस्चार्ज भएका छन् । त्यस्तै दोस्रोमा आन्ध्र प्रदेशमा ६ लाख एक हजार ४६२ संक्रमित छन् भने ५ हजार ११७ जनाले ज्यान गुमाएका छन् । तेस्रोमा तमिलनाडुुमा ५ लाख २५ हजार ४२० संक्रमित छन् भने ८ हजार ६१८ जनाको मृत्यु भएको छ ।
त्यसैगरी कर्णाटकमा ४ लाख ९४ हजार ३५६, उत्तर प्रदेशमा ३ लाख ३६ हजार २ सय ९४, दिल्लीमा २ लाख ३४ हजार ७०१ र वेस्ट बंगालमा २ लाख १५ हजार ५८० जना संक्रमित छन् ।
प्रकाशित समय १६:०० बजे

















