गृहपृष्ठ एनआईसी एशिया बैंकको सुपर चामत्कारिक कर्जाहरुको आवेदन अब खल्तीबाटै
एनआईसी एशिया बैंकको सुपर चामत्कारिक कर्जाहरुको आवेदन अब खल्तीबाटै
एनआईसी एशिया बैंकको सुपर चामत्कारिक कर्जाहरुको आवेदन खल्तीबाटै दिन सकिने भएको छ । सुपर चामत्कारिक घर कर्जा, सुपर चामत्कारिक सवारी कर्जा र सुपर चामत्कारिक व्यवसाय कर्जाको आवेदन खल्ती डिजिटल वालेटबाट दिन सकिने भएको हो ।
बैंकको मोबाइल बैंकिङ सुविधा उपभोग गरिरहेका ग्राहकले आफ्नो बैंक खातामा खल्ती डिजिटल वालेटलाई लिंक गरेमा असोज १४ गतेसम्म ५० रुपैयाँ नगद उपहार प्राप्त गर्ने व्यवस्था खल्ती वालेटले गरेको छ । खातामा वालेट जोडेपछि वालेटमार्फत वस्तु तथा सेवा खरिद गर्दा लागत रकम सिधै बैंक खाताबाट भुक्तानी गर्न सकिने व्यवस्था उपलब्ध हुने जनाइएको छ ।
सहकार्यअनुसार खल्ती वालेटका प्रयोगकर्ताले वालेटभित्र रहेका एनआइसी एसिया बैंकका सुपर चामत्कारिक कर्जाहरूको आइकनमा ट्याप गरेर तीन किसिमका कर्जामध्ये आफूलाई चाहिएको कर्जाका लागि आवेदन दिनुपर्नेछ । यसरी दिएको आवेदन खल्ती डिजिटल वालेटले बैंकलाई पठाउने र बैंकले आवश्यक थप प्रक्रिया पु¥याई सम्पूर्ण कागजात बुझेको ४८ घण्टाभित्र सम्बन्धित आवेदकलाई कर्जा प्रवाह गर्ने व्यवस्था मिलाएको छ । आवेदकको कर्जा स्वीकृतिको अवस्थाको बारेमा यस बैंकले एसएमएस बाट जानकारी गराउने विज्ञप्तिमा उल्लेख छ ।
बैंकले वार्षिक ८.२५ प्रतिशत ब्याजदर तथा ०.२५ प्रतिशत प्रशासनिक शुल्कमा उक्त तीनवटा कर्जा ल्याएको जनाएको छ । ब्याजदर एक वर्षसम्मका लागि परिवर्तन नहुने सुनिश्चितताका लागि बैंक र ऋणीको बीचमा व्यवस्था हुने कर्जा प्रस्ताव पत्र तथा बैंकले ब्याजदरसम्बन्धी प्रतिबद्धता पत्रको समेत व्यवस्था गर्नेछ जनाइएको छ । एक वर्षपश्चात् बैंकले ८.२५ प्रतिशत वा बेसरेट ८.२५ प्रतिशतभन्दा बढी भएमा बेसरेट बराबर नै यस कर्जाको ब्याजदर कायम गर्ने व्यवस्था गरेको नायब प्रमुख कार्यकारी अधिकृत एवं प्रमुख सूचना अधिकारी सुधिरनाथ पाण्डेले जानकारी दिए ।
प्रकाशित समय १६:१७ बजे

















