गृहपृष्ठ नेपालमा रेल आएकै दिन बिहारमा ‘कोसी रेल महासेतु’उद्घाटन

नेपालमा रेल आएकै दिन बिहारमा ‘कोसी रेल महासेतु’उद्घाटन

Koshi Rail Bridge_NewsKarobar

नयाँ डिजेल इन्जिनसहित जनकपुर-जयनगर रेलको पहिलो परीक्षण नेपाल आइपुगेकै दिन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारत-नेपाल सीमा नजिकै बिहारमा ‘कोसी रेल महासेतु’ को अनलाइनबाट उद्घाटन गरेका छन् ।

करिब २ किलोमिटर लामो यो पुलले बिहारका निर्मली र सरायगढलाई जोड्ने छ । यो पुल १९९० सालका भूकम्पमा भत्किएपछि यी दुई स्थानबीचको सम्पर्क बिच्छेद भएको थियो ।

अहिले बिहारका मिथिला र कोसी क्षेत्रका बासिन्दाले ३०० किलोमिटर लामो यात्रा गर्नु परेकोमा  सन् २००३ बाट बनाउन थालिएको यो पुल सञ्चालनमा आएपछि यो दूरी २२ किलोमिटरमा खुम्चिएको भारतीय प्रधानमन्त्री मोदीले बताए ।

यो पुलले बिहारका दुई हिस्सामात्र नजोडी उत्तरी-पूर्वी भारतदेखि नेपाललाई समेत लाभ हुने भारतीय सञ्चार माध्यमहरूले दाबी गरेका छन् । (भारतीय सञ्चारमाध्यमहरूका सहयोगमा)

 

 

प्रकाशित समय १८:५४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु