गृहपृष्ठ १,४९७ जना कोरोना संक्रमित थपिए
१,४९७ जना कोरोना संक्रमित थपिए
बितेको २४ घण्टामा देशभर ११ हजार ४४९ जनाको पीसीआर परीक्षण गर्दा १४ सय ९७ जना कोरोना संक्रमित थपिएका छन् । बिहीबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले सो जानकारी दिएका हुन् ।
यस्तै देशभर सक्रिय संक्रमितको संख्या १८ हजार ४३७ रहेको प्रवक्ता गौतमले जानकारी दिए । जसमा संस्थागत आइसोलेशनमा ८ हजार ६१४ जना रहेका छन् भने होम आइसोलेशनमा ९ हजार ८२३ जना रहेका छन् । क्वारेन्टिनमा रहनेको संख्या ६ हजार ५६५ रहेको छ ।
पछिल्लो २४ घण्टामा कोरोनाभाइरस संक्रमणमुक्त भई ४५७ जना डिस्चार्ज भएका छन् । हालसम्म संक्रमितमध्ये ७२.७ प्रतिशत अर्थात ५० हजार ४११ जना कोरोनामुक्त भएको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार हालसम्म ९ लाख ५५ हजार ९२३ जनाको पीसीआर परीक्षण भएको छ । गत २४ घण्टाभित्र थप १७ जनाले काेराेना संक्रमणका कारण ज्यान गुमाएका छन् । योसहित मृतककाे संख्या ४५३ पुगेकाे मन्त्रालयले जनाएकाे छ ।
प्रकाशित समय १६:२४ बजे

















