गृहपृष्ठ कर्णालीमा संक्रमितको संख्या तीन हजार नाघ्यो
कर्णालीमा संक्रमितको संख्या तीन हजार नाघ्यो
कर्णाली प्रदेशमा कोरोना भाइरस (कोभिड–१९) का संक्रमितहरुको संख्या तीन हजार नाघेको छ । बिहीबार थप ११ जना नयाँ संक्रमित थपिएपछि संक्रमितको जम्मा संख्या तीन हजार २८७ पुगेको हो ।
प्रदेशभर हालसम्म कोरोना भाइरस संक्रमणबाट मुक्त हुनेहरुको संख्यासमेत २ हजार ७५१ जना पुगेको छ । बिहीबार मात्रै प्रदेशभर २० जना संक्रमणमुक्त भएको सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा महाशाखाले जानकारी दिएको छ ।
महाशाखाका अनुसार हाल कर्णालीमा कोरोना भाइरस सक्रिय बिरामी ५३० जना रहेका छन् । हालसम्म कर्णाली प्रदेशमा कोरोना भाइरसका कारण ६ जनाले ज्यान गुमाइसकेका छन् ।
प्रकाशित समय १०:५९ बजे

















