गृहपृष्ठ थप १,३१३ जनामा कोरोना संक्रमण पुष्टि

थप १,३१३ जनामा कोरोना संक्रमण पुष्टि

बितेको २४ घण्टामा १२ हजार २ सय ६२ पीसीआर परीक्षण गर्दा देशभर १ हजार ३ सय १३ जना कोरोना संक्रमित थपिएका छन् । शुक्रबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले सो जानकारी दिएका हुन् ।

बिहीबार ११ हजार ४४९ जनाको पीसीआर परीक्षण गर्दा १४ सय ९७ जना कोरोना संक्रमित थपिएका थिए । हालसम्म देशभर संक्रमितको संख्या ७० हजार ६ सय १४ पुगेको छ ।

उनका अनुसार आज देशभर सक्रिय संक्रमितको संख्या १८ हजार २८९ रहेको छ । मन्त्रालयका अनुसार संस्थागत आइसोलेसनमा ८ हजार २१३ जना रहेका छन् । ६ हजार ८ सय ४६४ जना मानिस क्वारेन्टाइनमा छन् । प्रवक्ता गौतमका अनुसार हालसम्म सरकारले ८ लाख ६ हजार ८१८५ पीसीआर परीक्षण गरेको छ ।

पछिल्लो २४ घण्टामा जना १४ सय ५५ जना कोरोनामुक्त भएका छन् । बिहीबार ४५७ जना डिस्चार्ज भएका थिए । हालसम्म देशभरबाट ५१ हजार ८६६ जना कोरोना संक्रमित निको भएर डिस्चार्ज भइसकेका छन् । संक्रमणमुक्त हुने दर ७३.४ प्रतिशत रहेको छ ।

आइसीयूमा २२७ जना र भेन्टिलेटरमा ३९ जना रहेका छन् । हालसम्म नेपालमा काेराेना संक्रमणबाट  मृत्यु हुनेकाे संख्या ४५९ पुगेकाे छ । गत २४ घण्टामा थप ६ जनाले काेराेनाका कारण ज्यान गुमाएका छन् ।

प्रकाशित समय १६:२४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु