गृहपृष्ठ ११ वर्षीया बालिकाको शंकास्पद मृत्यु, ८ युवक पक्राउ

११ वर्षीया बालिकाको शंकास्पद मृत्यु, ८ युवक पक्राउ

arrest_पक्राउ_news karobar

सुनसरीको बराहक्षेत्र नगरपालिका- १, कटहरेकी ११ वर्षीया एक बालिकाको ‘शंकास्पद’ मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय दशरत राईकी ११ वर्षीया छोरी मीना राई रहेकी छिन् ।

सबैजना छिमेकीको घरमा धामी बसेको हेर्न गएका बेला ती बालिकाको घरमै मृत्यु भएको इलाका प्रहरी कार्यालय चक्रघट्टीका इन्स्पेक्टर पाण्डव राजवंशीले जानकारी दिए । घटनास्थल वरिपरि रक्सिका बोतल भेटिएको र ती बालिकालाई पनि बोतलले हानेको चोट रहेको उनले बताए ।

धामी हरेर आमाबुवा राति आउँदा कोठामा बालिका मृतावस्थामा भेटिएको वडा नं १ का वडाध्यक्ष सुरेश श्रेष्ठले जानकारी दिए । इन्सपेक्टर राजवंशीले घटनाबारे अनुसन्धान भइरहेको र शंकास्पद आठ जना युवालाई नियन्त्रणमा लिएर सोधपुछ थालिएको बताए । (रासस)

प्रकाशित समय १६:०८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु