गृहपृष्ठ अर्मेनिया र अजरबैजानबीच ‘सीमा युद्ध’, दर्जनौंको मृत्यु

अर्मेनिया र अजरबैजानबीच ‘सीमा युद्ध’, दर्जनौंको मृत्यु

लामो समयदेखि सीमा विवादका कारण तनावग्रस्त पश्चिम एसियाली देश अर्मेनिया र अजरबैजानबीच भिडन्त भएको छ । भिडन्तमा २३ जना मारिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन् ।

पूर्वसोभियत युनियनका ती दुई देशबीच विवादित नागोर्नो-काराबाख क्षेत्रलाई लिएर आइतबार भिडन्त भएको हो । उक्त क्षेत्रमा १६ जना अर्मेनियाली पृथकतावादी लडाकूहरु मारिएका छन् भने सय जना घाइते भएका छन् ।

त्यस्तै, अर्मेनियाली पृथकतावादीको आक्रमणमा आफ्ना ७ जना नागरिक मारिएको अजरबैजानका अधिकारीहरुले जनाएका छन् । भिडन्तपछि अर्मेनिया, अजरबैजान र अर्मेनिया नियन्त्रित नागोर्नो काराबाख क्षेत्रमा सैनिक कानुन लागू गरिएको छ भने अजरबैजानले आफ्ना सेनालाई परिचालित हुन निर्देशन दिएको छ ।

यसैबीच, संयुक्त राष्ट्रसंघले दुवै मुलुकलाई तत्काल युद्धविराम गर्न आग्रह गरेको छ ।

प्रकाशित समय १४:१० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु