गृहपृष्ठ ‘तेजाब तथा अन्य घातक रासायनिक पदार्थ नियमन’ अध्यादेश जारी
‘तेजाब तथा अन्य घातक रासायनिक पदार्थ नियमन’ अध्यादेश जारी
राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानको धारा ११४ को उपधारा १ बमोजिम तेजाबलगायत विषयका तीन अध्यादेश जारी गरेकी छन् ।
तेजाब तथा अन्य घातक रासायनिक पदार्थ(नियमन), फौजदारी कसूर तथा फौजदारी कार्यविधिसम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने र नेपाल प्रहरी र प्रदेश प्रहरी(कार्यसञ्चालन, सुपरीवेक्षण र समन्वय(पहिलो संशोधन) सोमबार जारी भएको हो ।
मन्त्रिपरिषद्को सिफारिशमा सो अध्यादेशहरू जारी भएको राष्ट्रपति कार्यालयका प्रवक्ता हरिप्रसाद दाहालले विज्ञप्तिमार्फत जानकारी दिएका छन् ।
प्रकाशित समय १५:१७ बजे

















