गृहपृष्ठ कांग्रेस सभापति देउवाविरुद्ध विरोधपत्र दर्ता

कांग्रेस सभापति देउवाविरुद्ध विरोधपत्र दर्ता

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाविरुद्ध विरोधपत्र दर्ता भएको छ । आगामी १४औँ महाधिवेशनलाई प्रभावित पार्न देउवाले पछिल्लासमय गरेका नियुक्ति, महाधिवेशनका तयारी, क्रियाशील सदस्यता लगायतका विषयप्रति असहमति जनाउँदै इतर समूहले सोमबार विरोधपत्र दर्ता गरेको हो ।

विरोध पत्रमा क्रियाशील सदस्यता वितरण मनलाग्दी ढंगले गरेको, २८ जिल्लामा अझै फारमसमेत वितरण नगरिएको, महाधिवेशन नजिकिँदा पनि पार्टी समायोजनको काम नटुंग्याएको, विधानले तोकेको समय घर्केपछि महाधिवेशनलाई प्रभावित पार्न विभाग र शुभेच्छुक संस्थामा मनोनित गरेको विषय समेटिएको छ ।

पौडेल पक्षले सभापति देउवाले आउँदो १४औँ महाधिवेशनको परिणामलाई प्रभावित पार्ने काम गरिरहेको आरोप लगाएको छ । यसअघि गत साउनमा पनि पौडेल र सिटौला समूहले देउवालाई लिखित भेटेरै ध्यानाकर्षणपत्र बुझाएका छन् । रामचन्द्र पौडेल, महामन्त्री डा. शशांक कोइराला, कोषाध्यक्ष सीतादेवी यादव,केन्द्रीय सदस्यहरू प्रकाशमान सिंह,डा. रामशरण महत, अर्जुननरसिंह केसी, बलबहादुर केसी, महेश आचार्य, दिलबहादुर घर्ती, डा. मिनेन्द्र रिजाल, सुजाता कोइराला, दिलेन्दप्रसाद बडू, डा. शेखर कोइरालासहित २७ जनाको विरोध पत्रमा हस्ताक्षर छ ।

प्रकाशित समय १५:०५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु