गृहपृष्ठ मुकेश अम्बानीको ६ महिनायताको आम्दानी प्रतिघण्टा ९० करोड
मुकेश अम्बानीको ६ महिनायताको आम्दानी प्रतिघण्टा ९० करोड
कोरोनाभाइरस महामारीले विश्व अर्थतन्त्र प्रभावित भइरहेका बेला भारतीय अर्बपति मुकेश अम्बानीले भने यही अवधिमा प्रतिघण्टा ९० करोड भारतीय रुपैयाँका दरले आम्दानी गरिरहेका छन् । कोरोनाभाइरस संक्रमण नियन्त्रणका लागि गरिएको लकडाउनका कारण भारतीय अर्थतन्त्र नकारात्मक बनिरहेका बेला अम्बानीले भने ६ महिनायता प्रतिघण्टा ९० करोड रूपैयाँका दरले कमाइरहेका हुन् ।
सन् २०२० मार्चमा लकडाउन गरिएयता उनको सम्पत्ति प्रतिघन्टा ९० करोड रुपयाँले बढिरहेको हुरुन इन्डिया र आईआईएफएल वेल्थ म्यानेजमेन्ट लिमिटेडको प्रतिवेदनमा उल्लेख छ । प्रतिवेदनअनुसार अम्बानीको कुल सम्पत्ति २७ खर्ब ७० अर्ब रुपयाँले बढेर ६५ खर्ब ८० अर्ब रुपयाँ पुगेको छ । १२ महिनाको अवधिमा उनको कुल सम्पत्ति ७३ प्रतिशतले बढेको हो ।
एक महिनाअघि सार्वजनिक तथ्यांकअनुसार अम्बानीको रिलायन्स इन्डस्ट्रिज विश्वमै दोस्रो ठूलो ब्रान्ड बन्न सफल भएको छ । विश्वको पहिलो ठूलो ब्रान्ड एप्पल हो ।
प्रकाशित समय १४:२४ बजे

















