गृहपृष्ठ हुम्लामा पहिलोपटक एपेन्डिसाइटिस बिरामीको शल्यक्रिया
हुम्लामा पहिलोपटक एपेन्डिसाइटिस बिरामीको शल्यक्रिया
एपेन्डिसाइटिस भएका बिरामीको जिल्लामै पहिलोपटक उपचार गरिएको छ । एपेन्डिसाइटिसको बिरामी सिमकोट गाउँपालिका- २, ठेहे गाउँकी १८ वर्षीया सरिता भण्डारीको जिल्ला अस्पताल हुम्लामा शल्यक्रियामार्फत उपचार भएको हो ।
सेवा सुविधा र जनशक्ति बढेसँगै विभिन्न प्रकारका संवेदनशील बिरामीहरुका लागि जिल्ला अस्पतालमै शल्यक्रिया हुन थालेको हो । विभिन्न प्रकारका चिकित्सकीय उपकरण र जनशक्ति उपलब्ध भएपछि दुर्गममा रहेका स्वास्थ्य संस्थाप्रति आममानिसको भरोसा बढ्दै गएको जिल्ला अस्पताल व्यवस्थापन समितिका अध्यक्ष छेपाल दोर्जे लामाले बताए ।
समयमै अस्पताल पुर्यााउन सके ठूलै दुर्घटना र स्वास्थ्य समस्याका बिरामीको पनि उपचार सम्भव हुने भएकाले यसतर्फ ध्यान डा. अमित बिष्टले आग्रह गरे । एपेन्डिसाइटिस भएका बिरामीको सफल शल्यक्रियालाई उदाहरण दिँदै उनले भने, ‘हामी सबै साथीहरुको प्रयासले शल्यक्रिया सफल भयो । यसले हामी र बिरामी सबैलाई खुशी तुल्याएको छ ।’
अब हुम्लीहरुले स्वास्थ्य केन्द्रहरुलाई खालि ‘सेता टाटा’ अर्थात् औषधि मात्र दिन्छन् भन्ने मानसिकता हट्दै जाने विश्वास गरिएको छ ।
प्रकाशित समय १५:०० बजे
















