गृहपृष्ठ वामदेव गाैतमविरुद्ध परेको मुद्दामा सुनुवाइ जारी
वामदेव गाैतमविरुद्ध परेको मुद्दामा सुनुवाइ जारी
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का उपाध्यक्ष वामदेव गाैतमलाई राष्ट्रियसभामा मनाेनित गरेको विषयमा परेको रिटमा सर्वोच्च अदालतको संवैधानिक इजलासमा सुनुवाइ भइरहेको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा नेतृत्वको संवैधानिक इजलासमा सुनुवाइ जारी छ ।
गत बुधबार न्यायाधीश आनन्दमोहन भट्टराईको एकल इजलासले गौतमलाई थप संवैधानिक जिम्मेवारी नदिन आदेश दिएको थियो । सर्वोच्चले प्रतिनिधिसभामा पराजित भएको व्यक्ति सरकारबाट राष्ट्रियसभा सदस्यमा मनोनित हुन सक्ने वा नसक्ने भन्ने ‘गम्भीर संवैधानिक व्याख्या’को विषय भएकाले संवैधानिक इजलासबाट निरुपण गर्न आदेश दिएको थिएको थियो ।
राष्ट्रपति कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, राष्ट्रिय सभा, नेकपा केन्द्रीय कार्यालय र गौतमलाई विपक्षी बनाएर रिट दायर भएको थियो । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी र अधिवक्ता बद्रीराज भट्टले गत असोज ४ गते रिट दायर गरेका थिए ।
प्रकाशित समय १५:३१ बजे

















