गृहपृष्ठ पश्चिमी भूभागबाट मनसुन बाहिरिन सुरु, पूर्वी भूभागसम्म पुग्न एक हप्ता लाग्ने

पश्चिमी भूभागबाट मनसुन बाहिरिन सुरु, पूर्वी भूभागसम्म पुग्न एक हप्ता लाग्ने

mansoon_news karobar

नेपालबाट मनसुन बाहिरिन अझै एक साता लाग्ने भएको छ । मनसुन पश्चिमी भूभागबाट बाहिरिने क्रम सुरु भई सकेको मौसमविद् निराजन सापकोटाले बताए । ‘पश्चिमी भूभागबाट बाहिरिन सुरु भएको मनसुन पूर्वी भूभागसम्म पुग्न एक हप्ता लाग्नेछ,’ उनले भने । उनका अनुसार मनसुन पश्चिमी भूभागबाट सुरु भई पूर्वी भूभागबाट अन्त्य हुनेगर्छ ।

गत वर्ष पनि मनसुन अक्टोबरको पहिलो हप्ता बाहिरिएको थियो । मनसुन बाहिरिने औसत समय सेप्टेम्बर २३ भए पनि विगत दुई-तीन वर्षदेखि मनसुन अक्टोबरसम्म पुग्ने गरेको बताइएको छ । हाल देशका पहाडी भूभागमा आंशिक बदली रहेको छ ।

राति प्रदेश नं १, वाग्मती, गण्डकी र प्रदेश ५ मा सामान्य बदली र बाँकी प्रदेशमा आंशिक बदली रही प्रदेश नं १, वाग्मती, गण्डकी, कर्णाली र प्रदेश नं ५ का केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम १८ दशमलव ८ र अधिकतम तापक्रम ३० दशमलव ४ डिग्री सेल्सियस रहेको छ ।

त्यस्तै आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम १२ दशमलव ६ डिग्री र सबैभन्दा धेरै नेपालगञ्जको अधिकतम तापक्रम ३४ दशमलव ७ डिग्री सेल्सियस रहेको छ ।

प्रकाशित समय १७:५४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु