गृहपृष्ठ गण्डकी प्रदेशमा थपिए १७ जना संक्रमित

गण्डकी प्रदेशमा थपिए १७ जना संक्रमित

गण्डकी प्रदेशमा १७ जना कोरोना संक्रमित थपिएका छन् । प्रदेशमा संक्रमितको संख्या चार हजार तीन जना पुगेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक एवम् गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा.विनोदविन्दु शर्माले जानकारी दिए ।

थपिनेमा कास्कीका १०, गोरखाका पाँच र तनहुँका दुई जना रहेका छन् । संक्रमितमध्ये प्रदेशमा हालसम्म दुई हजार ८३१ जना निको भएका छन् भने ३३ जनाको मृत्यु भएको छ । प्रदेशमा सक्रिय संक्रमितको संख्या एक हजार १३९ जना पुगेको निर्देशनालयले जनाएको छ ।

प्रकाशित समय ०८:०९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु