गृहपृष्ठ सुनको मूल्यमा सामान्य गिरावट
सुनको मूल्यमा सामान्य गिरावट
सोमबार सुनको मूल्यमा सामान्य गिरावट आएको छ । आइतबार तोलाको ९४ हजार ५०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य सोमबार चार सय घटेको हो ।
आज प्रतितोला सुनको मूल्य ९४ हजार १ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार सोमबार तेजावी सुनको मूल्यमा पनि गिरावट आएको छ । आइतबार ९४ हजार रुपैयाँमा कारोबार भएको तेजावी सुन ४०० घटेर सोमबार ९३ हजार ६०० रूपैयाँमा कारोबार भइरहेको छ ।
सोमबार चाँदीको मूल्य भने यथावत नै रहेको छ । आज चाँदी प्रतितोला १ हजार १८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
प्रकाशित समय ११:५३ बजे

















