गृहपृष्ठ थप २४४० जनामा कोरोना संक्रमण पुष्टि, ११३३ जना डिस्चार्ज
थप २४४० जनामा कोरोना संक्रमण पुष्टि, ११३३ जना डिस्चार्ज
नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार ४ सय ४० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ८९ हजार ८ सय ६३ पुगेको छ ।
आइतबार १२ हजार ७८४ जनाको पीसीआर गर्दा थप २ हजार २५३ जनामा कोरोनाभाइरस (कोभिड- १९) संक्रमण पुष्टि भएको थियो ।
काठमाडौं उपत्यकामा मात्रै १ हजार ५३१ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयका प्रवक्ता जागेश्वर गाैतमले जानकारी दिए । उनका अनुसार काठमाडौंमा ११७८, भक्तपुरमा १०३ र ललितपुरमा २५० जनामा संक्रमित थपिएका हुन् । आइतबार काठमाडौं उपत्यकामा १ हजार ५९९ जना संक्रमित थपिएका थिए ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबार १ हजार १ सय ३३ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुनेको संख्या ६५ हजार ५ सय २ पुगेको छ ।
पछिल्लो २४ घण्टामा १३ हजार ७८१ जनाको पीसीआर परीक्षण गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । हाल देशभर २३ हजार ५ सय ७ जना सक्रिय संक्रमित रहेका छन् भने क्वारेन्टिनमा रहेकाहरुको संख्या ४ हजार ३३ रहेको छ ।
पछिल्लो २४ घन्टामा १९ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार आज थपिएका १९ जनासहित देशभर कोरोनाबाट मृत्यु हुनेको संख्या ५ सय ५४ पुगेको छ ।
प्रकाशित समय १६:२५ बजे

















