गृहपृष्ठ सुनको मूल्य ८ सय घट्यो

सुनको मूल्य ८ सय घट्यो

बुधबार सुनको मूल्यमा सामान्य गिरावट आएको छ । मंगलबार प्रतितोला ९४ हजार ९ सय रूपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बुधबार ८ सय घटेको हो ।

आज प्रतितोला सुनको मूल्य ९४ हजार १ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार तेजावी सुनको मूल्य पनि ८ सय रूपैयाँ घटेको छ । मंगलबार ९४ हजार ४ सय रूपैयाँमा कारोबार भएको तेजावी सुनको मूल्य   बुधबारका लागि ९३ हजार ६ सय रूपैयाँमा कारोबार भइरहेको छ ।

मंगलबार चाँदीको मूल्य पनि २५ रूपैयाँले घटेको छ । आज चाँदी प्रतितोला १ हजार १७५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । सोमबार भने प्रतितोला चाँदीको मूल्य १ हजार २ सय रूपैयाँ कायम भएको थियो ।

प्रकाशित समय १३:१२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु