गृहपृष्ठ सनराइज बैंक र आइएमई मोटर्सबीच कर्जासम्बन्धी सम्झौता
सनराइज बैंक र आइएमई मोटर्सबीच कर्जासम्बन्धी सम्झौता
सनराइज बैंक र आइएमई समूहद्वारा सञ्चालित नेपालका लागि Ashok Leyland Brand का विभिन्न सवारी साधनको आधिकारिक बिक्रेता आइएमई मोटर्स प्राइभेट लिमिटेडबीच कर्जासम्बन्धी सहमति भएको छ ।
उक्त सहमतिपत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्याल र आइएमई मोटर्सका कार्यकारी निर्देशक सन्दिप अग्रवालले हस्ताक्षर गरे । सहमतिअनुसार आइएमई मोटर्सद्वारा वितरित सवारीसाधन खरिद गर्नका लागि सनराइज बैंकले कर्जा प्रवाह गर्नेछ । ग्राहकहरुले उक्त सवारीसाधन खरिदका लागि बिनाधितो खरिद मूल्यको ६० प्रतिशत सम्मको कर्जा सुविधा पाउने बैंकले जनाएको छ ।
कर्जाको मासिक किस्ता ईएमआई (EMI)को आधारमा अधिकतम ७ वर्षको अवधिमा भुक्तानी गर्न सकिनेछ । कर्जा बैंकले ३ कार्य दिनभित्र उपलब्ध गराउने व्यवस्थासमेत गरेको छ ।
प्रकाशित समय १३:२५ बजे

















