गृहपृष्ठ सक्रिय संक्रमितको संख्या २५ हजार नाघ्यो
सक्रिय संक्रमितको संख्या २५ हजार नाघ्यो
देशभर सक्रिय संक्रमितको संख्या २५ हजार नाघेको छ । आजसम्म कुल सक्रिय संक्रमितको संख्या २५ हजार ७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।
सरकारले योभन्दा अगाडि सक्रिय संक्रमितको संख्या २५ हजार पुगेको खण्डमा देशभर लकडाउन गर्ने घोषणा गरेको थियो । आजबाट देशभर सक्रिय संक्रमित २५ हजारभन्दा बढी भइसके पनि अब लकडाउन गर्ने। नगर्ने भन्ने विषयमा सरकारको निर्णय भने आइसकेको छैन ।
कोरोना संक्रमितको संख्या दिनहुँ बढ्न थालेसँगै सक्रिय संक्रमितको संख्या पनि थपिएको हो । मंगलबार सक्रिय संक्रमितको संख्या २२ हजार ७०९ रहेको थियो । सोमबार २३ हजार ५०७ जना संक्रिय संक्रमित थिए । १८ गते आइतबार २२ हजार २१९ र १७ गते शनिबार २१ हजार ३०२ जना सक्रिय संक्रमित थिए ।
नेपालमा हरेक दिन कोरोना संक्रमितको संख्या बढिरहेको छ । मन्त्रालयका अनुसार आज मात्रै देशभर ३ हजार ४ सय ३९ जनामा संक्रमण पुष्टि भएको छ । हालसम्म ६८ हजार ६ सय ६८ जना कोरोनामुक्त भएर घर फर्किएका छन् । हालसम्म ५ सय ७८ जनाले ज्यान गुमाइसकेका छन् ।
प्रकाशित समय १८:०० बजे

















