गृहपृष्ठ डा. गोविन्द केसी पक्ष र सरकारी टोलीबीच वार्ता सुरू
डा. गोविन्द केसी पक्ष र सरकारी टोलीबीच वार्ता सुरू
फाइल तस्बिर ।
चिकित्सा क्षेत्रमा सुधारको माग गर्दै अनसनरत डा. गोविन्द केसी पक्षको वार्ता टोली र सरकारबीच शिक्षा मन्त्रालयमा वार्ता सुरु भएको छ । १९औँ सत्याग्रहमा रहेका डा. केसी २५ दिनदेखि अनसनरत छन् ।
डा. केसीको तर्फबाट डा. जीवन क्षेत्रीको नेतृत्वमा टोली बनेको छ । टोलीमा नेपाल चिकित्सक संघका पूर्वअध्यक्ष अञ्जनीकुमार झा, नेपाल चिकित्सक संघका अध्यक्ष डा. लोचन कार्की र अधिवक्ता ओमप्रकाश अर्याल सदस्य छन् ।
सरकारले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव गोपीनाथ मैनालीको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहसचिव डा. गुणराज लोहनी र चिकित्सा शिक्षा आयोगका निर्देशक डा. दीलिप शर्मा सदस्य छन् ।
सरकारले वार्ता टोली बनाएलगत्तै डा. केसीले पनि टोली घोषणा गरेका थिए । यसअघि उनले सरकारले औपचारिक वार्ता टोली गठन गरेमात्र छलफलमा बस्ने बताउँदै आएका थिए ।
प्रकाशित समय १२:२८ बजे

















