गृहपृष्ठ आज पनि घट्यो सुनको मूल्य, प्रतितोला कति ?

आज पनि घट्यो सुनको मूल्य, प्रतितोला कति ?

बिहीबार सुनको मूल्यमा सामान्य गिरावट आएको छ । केही दिनयता हरेक दिन थपघट भइरहेको सुन आज दुई सय रुपैयाँले घटेको हो ।

बुधबार प्रतितोला ९४ हजार एक सय रुपैयाँमा कारोबार भएको सुन बिहीबार ९३ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । मंलबार छापावाला सुन प्रतितोला ९४ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो ।

महासंघका अनुसार तेजावी सुुनको मूल्य पनि २ सय रुपैयाँले घटेको छ । बुधबार ९३ हजार ६ सय रुपैयाँ कायम भएको तेजावी सुन आज ९३ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै आज चाँदी प्रतितोला एक हजार १८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । बुधबार चाँदीको मूल्य प्रतितोला एक हजार १७५ रुपैयाँ कायम भएको थियो ।

प्रकाशित समय १२:४२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु