गृहपृष्ठ बाँकेमा कोरोनाबाट ८५ वर्षीया वृद्धाको मृत्यु

बाँकेमा कोरोनाबाट ८५ वर्षीया वृद्धाको मृत्यु

बाँकेमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा नेपालगन्ज उपमहानगरपालिका १ का ८५ वर्षीया वृद्धा रहेको कोरोना स्रोत व्यक्ति नरेश श्रेष्ठले जानकारी दिए ।

ती वृद्धालाई स्वास्थ्यमा समस्या भएपछि असोज २१ गते भेरी अस्पताल भर्ना गरिएको थियो । स्वास्थ्य अवस्था जटिल बनिसकेकाले उनीलाई बचाउन नसकिएको श्रेष्ठले बताए । यससँगै बाँकेमा कोरोनाबाट मृत्यु हुनेको संख्या २३ जना पुगेको छ ।

प्रकाशित समय १७:४४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु