गृहपृष्ठ माछापुच्छ्रे बैंक र अशोक लेलैण्डबीच सम्झौता, गाडी किन्न ६० प्रतिशतसम्म कर्जा

माछापुच्छ्रे बैंक र अशोक लेलैण्डबीच सम्झौता, गाडी किन्न ६० प्रतिशतसम्म कर्जा

आइएमई ग्रुपअन्तर्गत सञ्चालित आइएमई मोटर्स प्रालिद्वारा प्रवर्धित अशोक लेलैण्ड र माछापुच्छ्रे बैंकबीच सम्झौता भएको छ । आइएमई मोटर्सबाट सिफारिस पाएका ग्राहकले माछापुच्छ्रे बैंकबाट योग्य व्यक्ति तथा संस्थालाई परिपत्र तथा सहुलियतपूर्ण कर्जा लगानी गर्न साथै ब्याज अनुदानसम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।

सम्झौताअनुसार बैंकको नीतिअनुसार ग्राहकलाई अशोक लेलैण्डद्वारा निर्मित र आइएमई मोटर्सद्वारा बिक्री गरिएका डोस्ट मोडेलका सम्पूर्ण सवारी साधन खरिदमा बिनाधितो कम्तीमा खरिद मूल्यको ६० प्रतिशतसम्मको सहुलियतपूर्ण कर्जा उपलब्ध हुनेछ । ग्राहकले यो कर्जा सुविधा अधिकतम सात वर्षका लागि मासिक किस्ता तिर्ने आधारमा पाउनेछन् । आइएमई मोटर्सको कमर्सियल गाडी खरिद गर्न चाहने खरिदकर्ताले माछापुच्छ्रे बैंकको जुनसुकै शाखामार्फत सहुलियतपूर्ण कर्जा प्राप्त गर्न सक्नेछन् । दुई कम्पनीबीच संयुक्त रुममा ब्रान्ड अवेरनेसका लागि विभिन्न कार्यक्रममा सहभागिता भई अघि बढ्ने पनि सहमति भएको छ ।

प्रकाशित समय १८:११ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु