गृहपृष्ठ नेपालमा कोरोना संक्रमितको संख्या एक लाख नाघ्यो

नेपालमा कोरोना संक्रमितको संख्या एक लाख नाघ्यो

नेपालमा कोरोनाभाइरसबाट संक्रमित हुनेको संख्या एक लाख नाघेको छ । पछिल्लो २४ घण्टामा देशभर दुई हजार ५९ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै नेपालमा कुल संक्रमितको संख्या एक लाख ६७६ पुगेको हो ।

देशभर सक्रिय संक्रमितको संख्या भने २७ हजार ५३ छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार ११ हजार १७६ जना संस्थागत आइसोलेसनमा र १५ हजार ८७७ जना होम आइसोलेसनमा छन् । नेपालमा हालसम्म ११ लाख ४५ हजार २३७ जनाको पीसीआर परीक्षण भएको छ ।

देशभर चार हजार ३०७ जना क्वारेन्टिनमा छन् । पछिल्लो २४ घण्टामा देशभर एक हजार ६८० संक्रमित निको भएर घर फर्किएको मन्त्रालयले जनाएको छ ।

प्रकाशित समय १७:३६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु