गृहपृष्ठ फ्याक्ट्स अफ नेपाल २०२० सार्वजनिक

फ्याक्ट्स अफ नेपाल २०२० सार्वजनिक

फ्याक्ट्स रिसर्च एन्ड एनालाइटिक्सले नेपालका विभिन्न क्षेत्रको जानकारी र तथ्यांक संकलन गरेर तयार पारेको वार्षिक पुस्तक फ्याक्ट्स अफ नेपाल २०२० सार्वजनिक गरेको छ । पुस्तकमा अघिल्लो वर्षका विभिन्न क्षेत्रको तथ्यांक संकलन गरी बनाइएका सूचनागत दृष्यचित्रहरु (इन्फोग्राफिक्स) समावेश गरिएका छन् ।

पुस्तकमा देशको सामाजिक, आर्थिक क्षेत्रलगायतका १० क्षेत्र समेटिएका छन् । यो प्रकाशन यस फ्याक्ट्स वार्षिक पुस्तकको छैटौँ संस्करण हो । पुस्तकका पछिल्ला संस्करणहरूलाई पनि देशको कर्पोरेट, सामाजिक, विकासशील र राजनीतिक क्षेत्रहरूको तथ्यांक र अन्तर्दृष्टिहरूको प्रस्तुतीकरणको एक विश्वसनीय स्रोतको रूपमा लिने गरिएको छ । यो संस्करणको मूल्य ५०० रुपैयाँ राखिएको छ । देशका प्रमुख पुस्तक पसलहरुमा यो पुस्तक उपलब्ध हुनेछ । पाठकले अनलाइन पोर्टलबाट पनि पुस्तक अर्डर गर्न सक्नेछन् ।

प्रकाशित समय १६:०१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु