गृहपृष्ठ कोरोनाबाट सबैभन्दा बढी मृत्यु काठमाडौंमा, दोस्रोमा पर्सा

कोरोनाबाट सबैभन्दा बढी मृत्यु काठमाडौंमा, दोस्रोमा पर्सा

कोरोनाभाइरसबाट काठमाडौंमा मात्रै बिहीबारसम्म १४७ जनाको मृत्यु भएको छ । देशभरमा भने कोरोनाका कारण ६७५ जनाले ज्यान गुमाइसकेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा संक्रमितको कुल संख्या ३८ हजार ३७६ पुगेको छ । त्यस्तै सबैभन्दा बढी मृत्य पनि काठमाडौँमा भएको मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले जानकारी दिए । काठमाडौँपछि बढी मृत्यु हुने जिल्ला पर्सा रहेको छ । पर्सामा बिहीबारसम्म ४६ जनाको ज्यान गएको छ । पर्सामा संक्रमितको संख्या दुई हजार ९६२ रहेको छ ।

पर्सापछि ललितपुरमा ४२ जनाले कोरोनाबाट ज्यान गुमाएका छन् । ललितपुरमा हालसम्म ५ हजार ४५६ जनामा संक्रमण पुष्टि भएको छ । हालसम्म देशभर संक्रमितको संख्या एक लाख १७ हजार ९९६ रहेको छ भने ८० हजार ९५४ जना डिस्चार्ज भएका छन् । देशभर सक्रिय संक्रमितको संख्या ३६ हजार ३६७ पुगेको छ ।

प्रकाशित समय १५:५४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु