गृहपृष्ठ बिहीबार थपिए ३७३९ जना कोरोना संक्रमित, ३५६४ जना डिस्चार्ज

बिहीबार थपिए ३७३९ जना कोरोना संक्रमित, ३५६४ जना डिस्चार्ज

नेपालमा पछिल्लो २४ घण्टामा थप ३ हजार ७ सय ४९ जना कोरोना संक्रमित थपिएका छन् । यससँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख २१ हजार ७ सय ४५ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिहीबार ३ हजार ५ सय ६४ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुनेको संख्या ८४ हजार ५ सय १८ पुगेको छ ।

पछिल्लो २४ घण्टामा १६ हजार ५ सय ९८ जनाको पीसीआर परीक्षण गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । हाल देशभर सक्रिय संक्रमितको संख्या ३६ हजार ५ सय ३३ रहेको छ भने ४ हजार ८ सय २५ जना क्वारेन्टिनमा छन् ।

पछिल्लो २४ घण्टामा थप १९ जनाको कोरोनाबाट मृत्यु भएको छ । यससँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ६९४ पुगेको छ ।

प्रकाशित समय १६:२५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु