गृहपृष्ठ कोरोनाको त्रास भुलाउने लहलह धानबाली (फोटो फिचर)

कोरोनाको त्रास भुलाउने लहलह धानबाली (फोटो फिचर)

‘प्रकृति सर्वशक्तिमान छ’, कतिले यसो भन्छन् । तर कतिपयले यसलाई स्वीकार्दैनन् पनि । जे होस्, प्रकृतिसँग मानिसको आत्मीयता छ । नभए वनपाखा, झरनाखोला, बालीनाली, फूल देख्दा मानिसको मन किन द्रवित हुन्थ्यो र ! यस्ता प्राकृतिक परिवेशसामु मानिस भावनामा मात्र बहकिँदैन, दुखसुख अनि विरह र वेदनाका छालहरुमा डुब्छ-उत्रन्छ पनि । यतिबेला विश्वभर कोरोना महामारी फैलिएको छ । जो जहाँ रहे पनि कसैले आफूलाई सुरक्षित महसुस गर्न सकेका छैनन् । नेपालको सन्दर्भमा बर्षातको झरीबादल सकिएर हिउँद सुरु भइसक्यो । दसैंतिहार सँघारमा छ । तथापि कोरोनाको त्रासले मन भने बेचैन छ, चाडपर्वको माहौलमा पनि मन र सोचाइ विषाक्त बनिरहेको छ । यस्तो निरशझैं लाग्ने समयमा पनि लहलह झुलेको धानबाली देख्दा जोकोहीको मन प्रफुल्लित हुन्छ, राहतको अनुभुति दिलाउँछ । यतिबेला, लेकबेँसी सबैतिर खेतहरू पहेँलपुर बनेका छन् । हराभरा धानबाली देख्दा कोरोनाको त्रास त के, भोकतिर्खा नै बिर्साउँछ ।

 

(तस्बिरहरू : रासस/सामाजिक सञ्जाल)

प्रकाशित समय १५:१५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु