गृहपृष्ठ तालिबानीहरुको अल कायदासँग सम्बन्ध छ : संयुक्त राष्ट्रसंघीय अधिकारी

तालिबानीहरुको अल कायदासँग सम्बन्ध छ : संयुक्त राष्ट्रसंघीय अधिकारी

taliwan fighter फाइल फाेटाे ।

एक संयुक्त राष्ट्रसंघीय अधिकारीले तालिबानीहरुले अल कायदा नामक एक आतंककारी सगठनसँग सम्बन्ध राखिरहेको बताएका छन् । अल कायदाका नेता आइमन अल जवाहारीले तालिबानी संगठनसँग सम्बन्ध राखिरहेको ती अधिकारीले जनाएका हुन् ।

अल कायदा र तालिबानी सम्बन्धको संयुक्त राष्ट्रसंघीय अधिकारी अनुगमन सम्बन्धी निकायका एकजना अधिकारी एडमण्ड फिटन ब्राउनले सो कुराको जानकारी दिएका हुन् । उनले तालिबानीहरु र अल कायदाका बीचमा अहिले पनि राम्रो सम्बन्ध रहेको र आपसमा उनीहरुले काम गरिरहेको बताएका छन् ।

यता अल कायदासँग आफूहरुको कुनै पनि सम्बन्ध नरहेको भन्दै तालिबानीहरुले अमेरिकालाई विश्वस्त गरिरहेको बताइएका बेला उता ती संयुक्त राष्ट्रसंघीय अधिकारीले यी दुईबीच सम्बन्ध रहेको सार्वजनिक अभिव्यक्ति दिएका हुन् ।

हाल तालिबानीहरु अमेरिकाको मध्यस्थतामा अफगानिस्तानको सरकारसँग शान्ति वार्तामा रहेका छन् । उनीहरु शान्ति वार्तामा रहेका बेला यो कुरा सार्वजनिक भएको बताइएको छ । (रासस)

प्रकाशित समय १४:४४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु