गृहपृष्ठ ‘कहिले भन्थ्यौ डियर’को म्युजिक भिडियो सार्वजनिक

‘कहिले भन्थ्यौ डियर’को म्युजिक भिडियो सार्वजनिक

मेलिना राई र प्रताप दासको स्वर रहेको ‘कहिले भन्थ्यौ डियर’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । घनश्याम ओलीको शब्द रहेको उक्त म्युजिक भिडियो घटस्थापनाको अवसर पारी सार्वजनिक भएको हो । भिडियोमा बसन्त सापकोटाको संगीत, महाराज थापाको एरेन्ज रहेको छ । सहिन प्रजापति, कुशल बिष्ट, जुना सुन्दास र बिना राउतले भिडियोमा अभिनय गरेका छन् । निर्देशन पनि सहिन प्रजापतिकै रहेको छ ।

 

प्रकाशित समय १४:२१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु