गृहपृष्ठ सरकारको प्रवक्ताको जिम्मेवारी मन्त्री गुरुङलाई
सरकारको प्रवक्ताको जिम्मेवारी मन्त्री गुरुङलाई
सरकारको प्रवक्ताको जिम्मेवारी सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङलाई दिइएको छ । यसअघि बसेको मन्त्रिपरिषद् बैठकले प्रवक्ताको जिम्मेवारीका विषयमा छलफल नभए पनि प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबारदेखि गुरुङलाई जिम्मेवारी दिएका हुन् ।
सुरुवातमा तत्कालीन सञ्चारमन्त्री गोकुल बाँस्कोटालाई प्रवक्ता ताेकिएकाे थियाे । त्यसपछि सञ्चार मन्त्रालयको पनि जिम्मेवारीसहित निवर्तमान अर्थमन्त्री डा. युवराज खतिवडलाई प्रवक्ताको जिम्मेवारी दिइयाे । खतिवडाको राजीमापछि परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले साे जिम्मेवारी पाएका थिए ।
यसअघि महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयबाट २८ असोजमा गुरुङले सञ्चार मन्त्रालयको जिम्मेवारी पाएका हुन् ।
प्रकाशित समय १४:३६ बजे

















