गृहपृष्ठ आज रानीपोखरीको उद्घाटन हुँदै
आज रानीपोखरीको उद्घाटन हुँदै
आज रानीपोखरीको उद्घाटन हुने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गर्ने भएकी छन् । पुनर्निर्माणको सम्पूर्ण कार्य पूरा गरी पोखरीमा पानी हाल्ने कामसमेत पूरा भएपछि उद्घाटन हुन लागेको हो ।
राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जिम्मा पाएको दुई वर्षको अवधिमा पुनर्निर्माण कार्य पूरा भएको हो । यसका लागि करिब २५ करोड रुपैयाँ खर्च भएको जनाएको छ । यसअघि काठमाडौं महानगरपालिकाले यसको पुनर्निर्माण जिम्मा लिएको थियो । पुनर्निर्माण गर्दै जाने क्रममा महानगरले पुरातात्विक सम्पदा मासिने गरी आधुनिक कंक्रिटको प्रयोग गरेपछि विवाद भएको थियो ।
मन्त्रिपरिषद्को २०७५ माघ १५ गतेको बैठकले बालगोपालेश्वर मन्दिरसहित रानीपोखरीको पुनःनिर्माणसम्बन्धी सम्पूर्ण कार्य प्राधिकरणलाई दिने निर्णय गरेको थियो । २०७२ को विनाशकारी भूकम्पका कारण बालगोपालेश्वर मन्दिर भत्किएको थियो ।
प्रकाशित समय १०:५७ बजे

















