गृहपृष्ठ नेपाल र ओमानबीच सरकारी राहदानीवाहकलाई प्रवेशाज्ञा छुट गर्ने सम्झौता
नेपाल र ओमानबीच सरकारी राहदानीवाहकलाई प्रवेशाज्ञा छुट गर्ने सम्झौता
नेपाल सरकार र ओमान सरकारबीच नेपाली तथा ओमानी कूटनीतिक, विशेष, सेवाकालीन तथा सरकारी राहदानीवाहकलाई एक-अर्काको देशमा प्रवेशाज्ञा छुट गर्नेसम्बन्धी सम्झौता भएको छ । ओमानको परराष्ट्र मन्त्रालयमा सोमबार ओमानका लागि नेपाली राजदूत शर्मिला पराजुली ढकाल र ओमानका परराष्ट्र मन्त्रालयका सचिव मोहम्मद विन नासिर विन मोहम्मद अल वहेबिले सोसम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।
सम्झौता अनुसार उल्लिखित राहदानीवाहक दुवै देशका नागरिकले एक-अर्काको देशमा प्रत्येक पटक प्रवेश गरेको मितिदेखि ९० दिनसम्म भिसा नलिई प्रवेश गर्न, ट्रान्जिटको रूपमा रहन, बस्न तथा त्यहाँबाट प्रस्थान गर्न सक्नेछन् । यो सम्झौताले ओमान र नेपालबीच हुने द्विपक्षीय औपचारिक भ्रमण, ट्रान्जिट भ्रमणलगायत अन्य गतिविधि बढाउन सहयोग पुग्ने विश्वास लिइएको छ ।
प्रकाशित समय १२:०० बजे

















