गृहपृष्ठ चितवनमा दुई कोरोना संक्रमितको मृत्यु
चितवनमा दुई कोरोना संक्रमितको मृत्यु
चितवनमा थप दुई कोरोना (कोभिड १९) संक्रमितको मृत्यु भएको छ । गोरखा बारपाक सुलिकोट गाउँपालिका १ का १९ वर्षीया युवतीको आज दिउँसो मृत्यु भएको भरतपुर अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलले जानकारी दिए । कात्तिक ६ गते श्वासप्रश्वासमा समस्या भई उनी अस्पतालको कोभिड आईसीयूमा भर्ना भएकी थिइन् । उनलाई कात्तिक ५ गते कोरोना पुष्टि भएको थियो ।
यस्तै भरतपुर अस्पतालमा उपचाररत भरतपुर महानगरपालिका २१ का ५६ वर्षीय पुरुषको मृत्यु भएको अस्पतालका पौडेलले जानकारी दिए । कात्तिक ५ गते श्वासप्रश्वासमा समस्या भई ती पुरुष अस्पताल भर्ना भएका थिए । उनलाई कात्तिक ८ गते कोरोना संक्रमण पुष्टि भएको थियो । ती पुरुषले लामो समयदेखि मुटु र मिर्गौला रागको उपचार गराइरहेको उनले बताए । (रासस)
प्रकाशित समय १८:५२ बजे

















