गृहपृष्ठ धानखेतमा तीन सय स्मार्ट लाइसेन्स फेला

धानखेतमा तीन सय स्मार्ट लाइसेन्स फेला

Smart Lisence

जनकपुरमा धानखेतमा फालिएको अवस्थामा तीन सयवटा स्मार्ट सवारी चालक अनुमति पत्र (लाइसेन्स) फेला परेका छन् । यातायात व्यवस्था विभागबाट तयार भएर आएका लाइसेन्स जनकपुरधाम उपमहानगरपालिका १४ स्थित यातायात कार्यालयदेखि झन्डै दुई सय मिटर पश्चिमतर्फ रहेको धान खेतमा फेला परेका हुन् ।

धान पाकेर काट्न गएका महिलाहरूले ती लाइसेन्स भेट्टाएका थिए । धानखेतमा भेटिएका लाइसेन्स संकलन गरेर उनीहरूले यातायात व्यवस्था कार्यालय जनकपुरमा बुझाएका छन् । कार्यालयका अधिकृत वीरेन्द्र साहले तीन सयवटा लाइसेन्स धानखेतमा फेला परेको र महिलाहरूले ल्याइदिएको पुष्टि गरे । धानखेतमा भेटिएको लाइसेन्सबारे जिल्ला प्रशासन कार्यालय धनुषालाई पनि जानकारी गराएको उनले बताए ।

प्रकाशित समय १६:४० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु