गृहपृष्ठ होटल गोल्डेन लिफबाट तीन जना हुण्डी कारोबारी पक्राउ
होटल गोल्डेन लिफबाट तीन जना हुण्डी कारोबारी पक्राउ
हुण्डी कारोबार गरेको अभियोगमा काठमाडौं महानगरपालिका २३ ओमबहालस्थित होटल गोल्डेन लिफबाट तीन जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा काठमाडौं महानगरपालिका ११ ताहाचल बस्ने झापा दमक नगरपालिका ११ घर भएका ३१ वर्षीय विकास मितल, काठमाडौं महानगरपालिका ३१ बस्ने झापा घर भएका २७ वर्षीय कमल मितल र काठमाडौं महानगरपालिका २२ बस्ने पर्वत कुश्मा नगरपालिका १ घर भएका ३२ वर्षीय गणेश पौडेल रहेका छन् ।
होटलमा अवैध रुपमा हुण्डी कारोबार भइरहेको भन्ने विशेष सूचनाको आधारमा प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्युरो महाराजगन्जबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई ९९ लाख ८४ हजार रुपैयाँ र ९ सय अमेरिकी डलरसहित पक्राउ गरेको हो । पक्राउ परेकाहरुलाई आवश्यक कारबाहीका लागि राजस्व अनुसन्धान विभाग हरिहर भवन ललितपुर पठाइएको प्रहरीले जनाएको छ ।
प्रकाशित समय १६:५३ बजे

















