गृहपृष्ठ बेलायतले लिभरपूलका सबैको कोरोना परीक्षण गर्ने

बेलायतले लिभरपूलका सबैको कोरोना परीक्षण गर्ने

बेलायत सरकारले कोरोनाभाइरसबाट निकै प्रभावित लिभरपूलवासी सबैको स्वास्थ्य परीक्षण गर्ने घोषणा गरेको छ । यस सहरमा पाँच लाखभन्दा बढी मानिसको बसोबास रहेको छ ।

कोभिड- १९ परीक्षणका लागि सरकारले विभिन्न किसिमका प्रविधिहरुको प्रयोग गर्नेछ, जसले एक घण्टा वा सोभन्दा कम समयमा नतिजा दिनेछ । बेलायती स्वास्थ्य सेवा विभागले उन्नत प्रविधिको सहायताले कोरोनाको कुनै लक्षण नदेखिएका व्यक्तिको पनि पहिचान गर्ने जनाएको छ । विभागले सटिक नतिजाबाट मानिसलाई सेल्फ-आइसोलेसनमा बस्न र थप विस्तार हुनबाट रोक्ने विश्वास लिएको छ ।

लिभरपूलमा गरिने यस परीक्षणले बेलायतमा व्यापक परीक्षणका सन्दर्भमा सिकाईका लागि मद्दत गर्नेछ । पछिल्लो समय बेलायतमा कोरोना संक्रमितको संख्या ह्वात्तै बढेपछि सरकार नयाँ-नयाँ प्रविधि प्रयोग गर्न उत्सुक भएको हो ।

बेलायतमा आगामी बिहीबारदेखि दोस्रो चरणको लकडाउन हुँदैछ । बेलायतमै लिभरपूलमा सबैभन्दा बढी दरमा कोरोना संक्रमित देखिएका छन् । यहाँ प्रति एक लाख जनसंख्यामा ४१० जनाभन्दा बढी संक्रमित भेटिएका छन् ।

प्रकाशित समय १७:३० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु