गृहपृष्ठ थप ३११४ जनामा कोरोना पुष्टि, ३१४२ जना संक्रमणमुक्त
थप ३११४ जनामा कोरोना पुष्टि, ३१४२ जना संक्रमणमुक्त
पछिल्लो २४ घण्टामा ३ हजार ११४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११ हजार १६६ जनामा पीसीआर परीक्षण गर्दा १ हजार ८६७ पुरुष र १ हजार २४७ महिलामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।
योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या १ लाख ७९ हजार ६१४ पुगेको छ । पछिल्लो २४ घण्टामा ३१४२ जना संक्रमणमुक्त भएका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या १ लाख ४१ हजार १३४ पुगेको छ । हाल देशभर सक्रिय संक्रमितको संख्या ३७ हजार ४ सय ७६ रहेको छ भने १ हजार २ सय ७७ जना क्वारेन्टिनमा छन् ।
पछिल्लो २४ घण्टामा थप २० जनाको कोरोनाबाट मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ हजार ४ पुगेको मन्त्रालयले जनाएकाे छ ।
प्रकाशित समय १७:४३ बजे

















