गृहपृष्ठ कोरोनाबाट थप २० जनाको मृत्यु, मृतक संख्या एक हजार नाघ्यो
कोरोनाबाट थप २० जनाको मृत्यु, मृतक संख्या एक हजार नाघ्यो
फाइल तस्बिर ।
नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या एक हजार नाघेको छ । पछिल्लो २४ घन्टामा २० जनाको कोरोना संक्रमणबाट ज्यान गएको छ । योसँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ हजार ४ पुगेको छ ।
देशैभर पछिल्लो २४ घन्टामा ३ हजार १ सय १४ जनामा कोरोना संक्रमण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । २४ घन्टामा ३ हजार १ सय ४२ जना कोरोनामुक्त भएका छन् ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा थपिएका ३ हजार १ सय १४ जनासहित देशभर संक्रमितको संख्या १ लाख ७९ हजार ६ सय १४ पुगेको छ । संक्रमितमध्ये १ लाख ४१ हजार १ सय ३४ जना कोरोना मुक्त भएका छन् ।
प्रकाशित समय १८:१३ बजे

















