गृहपृष्ठ यी हुन् कोरोना संक्रमितले डाक्टरसँग परामर्शका लागि फोन गर्ने नम्बरहरू

यी हुन् कोरोना संक्रमितले डाक्टरसँग परामर्शका लागि फोन गर्ने नम्बरहरू

चिकित्सकको सल्लाहअनुसार मात्रै औषधि खान आग्रह

सरकारले तीन सय शय्याको कोभिड अस्पताल बनाउने जिम्मा नेपाल प्रहरीलाई दिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बुधबार सो जानकारी दिएका हुन् ।

मन्त्रालयले कोभिड प्रयोगशाला सञ्चालन गरिरहेका अस्पताल तथा मेडिकल कलेजले पोजिटिभ आएका व्यक्तिलाई टेलिफोनमार्फत परामर्श दिनुपर्ने निर्णय गरेको छ । घरमा नै बसिरहेका संक्रमितलाई १११३, १११५ र ११३३ वा आफूले चिनेको चिकित्सकसँग आवश्यक जानकारी लिन डा. गौतमले अनुरोध गरे । ‘होम आइसोलेसन’ मा बसिरहेका व्यक्तिलाई चिकित्सकको सल्लाहअनुसार मात्रै औषधि खान उनले आग्रह गरे ।

१३ जिल्लामा पाँच सयभन्दा बढी संक्रमित, दुईमा शून्य

आजसम्म देशभरका ७७ जिल्लामध्ये १३ मा संक्रमित पाँच सयभन्दा बढी छन् भने तीन जिल्लामा शून्य छ । पाँच सयभन्दा बढी संक्रमित रहेका जिल्लामा झापा, मोरङ, सुनसरी, मकवानपुर, काभ्रेपलाञ्चोक, चितवन, ललितपुर, काठमाडौँ, भक्तपुर, कास्की, नवलपरासी (बर्दघाट सुस्तापूर्व), रुपन्देही र दाङ छन् । आज मनाङ र बाजुरामा एक जना पनि सक्रिय संक्रमित छैनन् ।

थप ३० को मृत्यु

पछिल्लो २४ घण्टामा कोभिडका कारण थप ३० जनाको मृत्यु भएसँगै देशभरमा काेराेनाका कारण मृत्यु हुनेको संख्या एक हजार ३४ पुगेको छ । जम्मा संक्रमितमध्ये मृत्यु हुने दर शून्य दशमलव छ प्रतिशत हो । यो संख्या प्रतिदश लाख पोजेटिभमा ३५ दशमलव चार हो । देशभर आज ३ हजार ३०९ संक्रमित थपिएका छन् भने ३ हजार ८४४ काेराेनामुक्त भएका छन् ।

प्रकाशित समय १९:१४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु