गृहपृष्ठ भारतीय सेनाध्यक्ष नरवणेलाई नेपाली सेनाको गार्ड अफ अनर (तस्बिरसहित)
भारतीय सेनाध्यक्ष नरवणेलाई नेपाली सेनाको गार्ड अफ अनर (तस्बिरसहित)
तीन दिने नेपाल भ्रमणमा रहेको भारतीय सेनाध्यक्ष मनोज मुकुन्द नरवणेलाई नेपाली सेनाले गार्ड अफ अनर दिएकाे छ । सैनिक मुख्यालमा बिहीबार आयोजित कार्यक्रममा नरवणेलाई गार्ड अफ अनर प्रदान गरिएकाे हाे । त्यसअघि नरवणे सैनिक मञ्च टुँडिखेलस्थित वीर स्मारकमा पुष्पगुच्छा अर्पण गरेका थिए । नरवणेले भारतीय सेनाको तर्फबाट नेपाली सेनालाई स्वास्थ्य सामग्री पनि हस्तान्तरण गरेका छन् ।

उनलाई अपराह्न राष्ट्रपति विद्यादेवी भण्डारीले शितल निवासमा हुने विशेष कार्यक्रममा नेपाली सेनाको मानार्थ महारथीको दर्ज्यानी चिन्ह प्रदान गर्ने कार्यक्रम छ । त्यसपछि सेनाध्यक्ष नरवणेले राष्ट्रपति भण्डारीसँग शिष्टाचार भेट गर्नेछन् । यसका साथै नरवणेले रक्षा मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका प्रधानमन्त्री केपी शर्मा ओली र प्रधानसेनापति पूर्णचन्द्र थापासँग छुट्टाछुट्टै भेट गर्ने कार्यक्रम रहेको छ ।
प्रधानसेनापति थापाको औपचारिक निमन्त्रणमा बुधबार नेपाल आएका नरवणेले पहिलो दिन बसन्तपुर गएर जीवित देवी कुमारी र पशुपतिनाथको बाहिरबाटै दर्शन गरेका थिए ।


(तस्बिरहरू : रासस)
प्रकाशित समय १२:१२ बजे

















