गृहपृष्ठ सुनको मूल्यमा सामान्य गिरावट
सुनको मूल्यमा सामान्य गिरावट
बिहीवार सुनको मूल्यमा सामान्य गिरावट आएको छ । बिहीवार छापावाल र तेजावी सुन दुवैको प्रतितोला मूल्यमा समान १ सय रुपैयाँ घटेको हो ।
छापावाल सुन प्रतितोला ९६ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार तेजावी सुनको मूल्य भने आजका लागि प्रतितोला ९५ हजार ७ सय रुपैयाँ कायम भएको छ ।
सुनको मूल्यमा गिरावट आए पनि बिहीवार चाँदीको मूल्यमा भने सामान्य वृद्धि भएको छ । आज चाँदीको मूल्य ५ रुपैयाँ वृद्धि भएर १ हजार २ सय १० रुपैयाँ कायम भएको महाँसंघले जनाएको छ ।
प्रकाशित समय १२:०० बजे

















