गृहपृष्ठ चितवन बार एशोेसिएसनमा अधिकारी निर्वाचित

चितवन बार एशोेसिएसनमा अधिकारी निर्वाचित

चितवन जिल्ला अदालत बार एशोेसिएसनको अध्यक्षमा रामकृष्ण अधिकारी निर्वाचित भएका छन् । शुक्रबार राति सम्पन्न मतगणनाको परिणाम अनुसार प्रगतिशील तथा पेशागत कानुन व्यवसायी संगठन (पीएलए) का उमेदवार अधिकारी अध्यक्षमा निर्वाचित भएका हुन् । उनले निकटतम प्रतिद्वन्दी नेपाल प्रजातान्त्रिक कानुन व्यवसायी संघ (डीएलए) का डा. हरिहर पोख्रेललाई पराजित गर्दै अध्यक्षमा निर्वाचित भएका हुन् । अधिकारीले १०७ मत प्राप्त गरेका थिए भने पोख्रेलले ८० मत प्राप्त गरे ।

एशोेसिएसनको उपाध्यक्षमा मुन्नाविक्रम खाती निर्वाचित भएका छन् । डीएलएका उम्मेदवार उनले आफ्ना निकटतम प्रतिद्वन्दी पीएलएका रामचन्द्र देवकोटालाई पराजित गरेका हुन् । खातीले ९६ मत ल्याउँदा देवकोटाले ८२ मत प्राप्त गरे । सचिवमा पिएलएका उमेदवार विनोद मिश्र विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी डीएलएका श्रीराम दवाडी पराजित हुन् ।

मिश्रले ९९ र दवाडीले ८२ मत ल्याए । यसैगरी कोषाध्यक्षमा बद्रीनाथ पण्डित र सहसचिवमा शोभा भट्टराई निर्वाचित भएका छन् । सो एशोसियसनको २१ औँ जिल्ला अधिवेशनले दुई वर्षे कार्यकालका लागि १३ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । (रासस)

प्रकाशित समय ११:३८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु