गृहपृष्ठ चीनको वैदेशिक व्यापार ४.६ प्रतिशतले बढ्यो

चीनको वैदेशिक व्यापार ४.६ प्रतिशतले बढ्यो

यस वर्ष चीनको वैदेशिक व्यापार बढेको त्यहाँको भन्सार प्रशासनले जानकारी दिएको छ । प्राप्त समाचारअनुसार भन्सार प्रशासनले गतवर्षको तुलनामा यस वर्षको चीनको वैदेशिक व्यापारमा ४.६ प्रतिशतले वृद्धि भएको जनाएको हो ।

अघिल्लो वर्षको तुलनामा यस वर्षको अक्टोबरमा चीनको वैदेशिक व्यापारमा ४.६ प्रतिशतले वृद्धि आएको देखिएको सो प्रशासनले जानकारी दिएको प्राप्त समाचारमा जनाइएको छ ।

त्यसैगरी चीनको निर्यात बजारमा पनि वृद्धि भएको पनि सो समाचारमा जनाइएको छ । गत वर्षको तुलनामा यसै वर्ष चीनको निर्यातमा ७.६ प्रतिशले वृद्धि भएको देखिएको हो । त्यस्तै सोही अवधिमा चीनको आयात भने ०.९ प्रतिशतले मात्र बढेको पनि सो समाचारमा जनाइएको छ ।

प्रकाशित समय ११:४२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु