गृहपृष्ठ अमेरिकी निर्वाचन २०२० : बाइडनको अग्रता फराकिलो हुँदै

अमेरिकी निर्वाचन २०२० : बाइडनको अग्रता फराकिलो हुँदै

राष्ट्रपति निर्वाचित हुन २७० इलेक्टरल मत आवश्यक पर्छ । डेमोक्र्याटिक उम्मेदवार जो बाइडनलाई त्यति पुग्न अझै १७ मत आवश्यक छ ।
शुक्रबार सम्बोधन गर्दै बाइडनले आफू विजयी हुनेमा विश्वस्त रहेको बताए । उनले आफूले ३०० इलेक्टरल मत जित्ने विश्वास व्यक्त गरे ।

पछिल्लो मतगणनाअनुसार पेन्सिलभेनियामा बाइडनले २८ हजार ८३३ मतको अग्रता लिएका छन् । नतिजा आउन बाँकीमध्ये यो राज्यमा सबभन्दा धेरै २० इलेक्टरल मत रहेको छ । बाइडनले यो राज्यमा मात्र विजय हासिल गरे पनि राष्ट्रपति निर्वाचित हुनेछन् । एरिजोनामा बाइडनको अग्रता २९ हजार ८६१ ले रहेको छ । यो राज्यसँग ११ इलेक्टरल मत रहेको छ । त्यस्तै नेभाडामा बाइडन २२ हजार ६५७ मतले अगाडि छन् । यहाँको इलेक्टरल मत संख्या ६ रहेको छ ।

जोर्जिया राज्यमा पनि बाइडन नै अगाडि छन् । त्यहाँ उनको अग्रता केवल चार हजार ३९५ रहेको छ । अधिकारीहरूले मतान्तर कम भएकाले त्यहाँ पुन: गणना हुने बताइरहेका छन् । यो राज्यको इलेक्टरल मत संख्या १६ रहेको छ । (बीबीसीबाट)

प्रकाशित समय १३:१२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु