गृहपृष्ठ विद्युत प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्य

विद्युत प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्य

नेपाल विद्युत प्राधिकरणको निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी हितेन्द्रदेव शाक्यले पाएका छन् । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले शाक्यलाई प्राधिकरणको निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी दिएको छ ।

प्राधिकरणको इन्जिनियरिङ कम्पनीको प्रबन्ध सञ्चालकको जिम्मेवारीमा रहेका शाक्यलाई प्राधिकरणमा काज फिर्ता ल्याइएको थियो । हिजो बेलुकी शाक्यले निमित्त कार्यकारी निर्देशकको जिम्मेवारीसहितको पत्र बुझेका छन् ।

कुलमान घिसिङ कार्यकाल सकिएर विदा भएपछि रिक्त रहेकाे प्राधिकरणको कार्यकारी निर्देशकका लागि शाक्यलाई ल्याउने तयारी छ । कार्यकारी निर्देशकको नियुक्ति मन्त्रिपरिषद्ले गर्छ । यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीले कुलमानलाई फेरि नियुक्तिका लागि कानुनले नदिने भनेका थिए ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले यसअघि उपकार्यकारी निर्देशक लेखनाथ कोइरालालाई निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी दिएको थियो । ४ वर्षे कार्यकाल पूरा गरेर गत भदौ २९ गते कुलमान घिसिङ बाहिरिएपछि निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी कोइरालालाई तोकिएको थियो ।

प्रकाशित समय १२:१७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु