गृहपृष्ठ नेपाल र बंगलादेशबीचको दोस्रो मैत्रीपूर्ण खेल आज
नेपाल र बंगलादेशबीचको दोस्रो मैत्रीपूर्ण खेल आज
नेपाली राष्ट्रिय फुटबल टिमले आज बंगलादेशसँग दोस्रो अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्दैछ । खेल ढाकास्थित बंगबन्धु रंगशालामा नेपाली समयअनुसार दिउँसो ४:४५ बजे सुरु हुनेछ । शुक्रबार भएको पहिलो खेलमा नेपाल बंगलादेशसँग २-० ले पराजित भएको थियो ।
नेपाली टिमका मुख्य प्रशिक्षक बालगोपाल महर्जनले नेपाल जीतको लक्ष्यसहित मैदान उत्रने बताएका छन् । बंगलादेश भने नेपालविरुद्ध लगातार दोस्रो खेलमा जित निकाल्ने अभियानमा हुनेछ । बंगलादेश जीत हात पार्दै ‘मुजिब वर्ष फिफा अन्तराष्ट्रिय फुटबल सिरिज’ को ट्रफी घरमै राख्न चाहन्छ ।
विश्वकप छनोटको दोस्रो चरण खेलिरहेको नेपालले तयारीका लागि मैत्रीपूर्ण खेल खेलिरहेको हो । कतारमा २०२२ मा हुने विश्वकप र चीनमा २०२३ मा एसियन कप छनोटमा नेपालले अब ३ घरेलु खेल खेल्न बाँकी छ ।
प्रकाशित समय ११:२९ बजे

















