गृहपृष्ठ जनमोर्चाका अध्यक्ष केसी डिस्चार्ज
जनमोर्चाका अध्यक्ष केसी डिस्चार्ज
राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी कोभिड- १९ निको भएर घर फर्किएका छन् । निमोनिया र कोरोना संक्रमण भएपछि गत कात्तिक २५ गते उपचारका लागि मेडिसिटी अस्पताल, ललितपुरमा भर्ना भएका उनी मंगलबार डिस्चार्ज भएका हुन् ।
अध्यक्ष केसीले बुधबार विज्ञप्ति जारी गरी सुरुमा उपचारमा लाग्ने खर्च पार्टी र शुभचिन्तकको सहयोगमा जुटाउने भनिएकामा पछि नेपाल सरकारले उपचार खर्च व्यहोर्ने निर्णय गरेको उल्लेख गर्दै उपचारमा सघाउने स्वास्थ्यकर्मी, आफ्नो पार्टी, शुभचिन्तक र सरकारलाई धन्यवाद दिएका छन् ।
प्रकाशित समय १६:३० बजे