गृहपृष्ठ नेप्से २३ अंकले बढ्यो, रोजाइमा परेनन् ‘क’ वर्गका कम्पनी

नेप्से २३ अंकले बढ्यो, रोजाइमा परेनन् ‘क’ वर्गका कम्पनी

तिहार बिदापछिको पहिलो दिन सेयर बजार परिसूचक नेप्से २३ अंकले बढ्दा ‘क’ वर्गका कम्पनी भने लगानीकर्ताको रोजाइमा परेनन् । नेप्से १.३६ प्रतिशतले बढ्दा लगातार तीन वर्षदेखि नाफामा रहेका, सेयरको किताबी मूल्य चुक्ता मूल्यभन्दा कम नभएका र आर्थिक वर्ष समाप्त भएको ६ महिनाभित्र वित्तीय विवरण बुझाउने कम्पनीहरू सूचीकृत हुने ‘क’ वर्गका कम्पनीहरूको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स भने राताम्य बनेको हो ।

बुधबार बैंक, विकास बैंक र जलविद्युत समूह घटेका छन् । सबैभन्दा धेरै व्यापार समूह ९.९८ प्रतिशतले बढेको छ । त्यस्तै उत्पादनमूलक समूह ६.९४, जीवन बिमा, ५.१, निर्जीवन बिमा ४.५१, अन्य २.३४ र होटल २.०९ प्रतिशतले बढेका छन् । बाँकी समूहको वृद्धि सामान्य छ ।

कारोबार रकम पनि उल्लेख्य बढेको छ । बुधबार १९४ कम्पनीको १ करोड १६ लाख ७४ हजार ८७५ कित्ता सेयर ४ अर्ब ७९ करोड १० लाख रूपैयाँबराबरमा किनबेच भएको छ । गुराँस फाइनान्स, हिमालयन डिस्टिलरी, बोटलर्स (नेपाल) तराई, विशाल बजार कम्पनी, साल्ट ट्रेडिङ कम्पनी र शिवम् सिमेन्टको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सर्वाधिक मूल्यको कारोबार हुनेमा नेपाल रिइन्स्योरेन्स कम्पनी, नेपाल टेलिकम, नेपाल लाइफ इन्स्योरेन्स, शिवम् सिमेन्ट, एनआईसी एसिया, प्रभु बैंकलगायत छन् ।

प्रकाशित समय १५:५५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु